राजविराज
सप्तरी प्रहरीको अपराध अनुसन्धान तर्फको रिपोर्टमा सबैभन्दा बढी अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता भएको छ।आर्थिक वर्ष २०७८ र २०७९ मा अभद्र व्यवहार शिर्षकमा १ सय ६२ वटा मुद्दा दर्ता भएका हुन।।शुक्रबार जिल्ला प्रहरी कार्यालय राजविराजस्थित पत्रकार सम्मेलनको आयोजना गरि कार्यालय प्रमुख अबिनारायण काफ्लेले सार्वजनिक गर्नुभएको सप्तरी प्रहरीको वार्षिक प्रगति विवरणमा सबैभन्दा बढी संख्यामा अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता भएको तथ्यांक रहेको छ।
उक्त शिर्षकमा दर्ता भएको सबै मुद्दा फर्छ्यौट भएको छ।सो मुद्दा सम्बन्धमा पक्राउ परेका संख्या १ सय ४६ रहेको छ भने ५३ जना फरार देखिएका छ्न।त्यसैगरि भबितब्य ज्यान शिर्षकमा १ सय ७ र लागुऔषध शिर्षकमा १०५ वटा मुद्दा दर्ता गरिएको छ।
यस आर्थिक वर्षमा जिप्रका र मताहतको सबै युनिटहरुमा झैझगडा,भनाभन लगायत विषयमा २ हजार ५ सय ७२ वटा ठाडो उजुरी परेको तथ्यांकमा उल्लेख छ।जसमध्ये पक्ष-विपक्ष झिकाई २ हजार २ सय ११ उजुरी उपर छलफल गराई मिलापत्र गराइसकेको छ।