सिरहा
माँ भगवती बेकरी एन्ड स्विटस हाउसमा जिल्ला प्रशासन कार्यालय सिरहाको अनुगमन टोलिले छापा मारेका छ्न।उक्त पसलबाट किनेको समोसामा किरा फेला परेको सूचना पाएपछि सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी को निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको टोलिले छापा मारेको मनोज बनैताले बताएका हुन।
किचेन लगायत होटलमा राखिएका विभिन्न खानेकुराको अनुगमन गरेको छ।टोलिले गलती सुधार गर्दै होटल सर सफाइ राख्नमा ध्यान दिन सञ्चालक गणेश साहलाई निर्देशन दिएका छ्न।
अनुगमनका क्रममा उक्त होटेलमा अधिकांश खानेकुरा बासी पाएको अधिकृत श्याम राउतले जानकारी दिएका छ्न।होटेल अत्याधिक फोहोर र अव्यवस्थित रहेकाले खानेकुरामा किरा भेट्नु स्वभाविक भएको बताए ।
पत्रकार रामभरोसी यादवले हिजो उक्त पसलमा समोसा खाएपछि अनुहार सुनिएको दाबी गरेका छ्न।त्यसैगरी उक्त होटल वरपर सिरहा जिल्ला अदालत,मालपोत कार्यालय,रेडक्रस सोसाइटी र बार एसोसिएसनको कार्यालय भएकाले मानिसहरुको भिड्भाड धेरै नै हुने गर्छ ।