खगेन्द्र कार्की फत्तेपुर/
सप्तरीको सप्तकोसी नगरपालिका वडा न ७ बनिगामा स्थित त्रियुगा बाँधमा बाढी पुर्ब तयारी नमुना अभ्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ
सप्तकोशी नगरपालिकाको आयोजनामा सामुदायिक बिपद ब्याबस्थापन समिति र सशस्त्र प्रहरी बल सुरक्षा बेस फत्तेपुरले बाढीजन्य विपद सम्बन्धी एक दिने नमूना पूर्व अभ्यास कार्यक्रम सन्चालन गरि सचेतना जगाएको छ ।
सचेतना मुलक कार्यक्रममा सशस्त्र प्रहरीको टोलिले बाढी पुर्व सुचना,खोजतलास तथा उद्दार कार्य,प्रथामिक उपचार ,क्षेति विश्लेषण तथा राहत ब्यावस्थापन,सप्रवल सुरक्षा वेस फत्तेपुरका सप्रकहरु बाट ईम्प्रोभाईज स्थानिय स्रोत साधन को प्रयोग गरि सुरक्षित स्थान सम्म जाने तरिका बाढीमा फसेको ब्याक्तिलाई वा समुदायलाई सप्र वल ले विभिन्न स्रोत साधनको प्रयोग गरि जस्तै डोरी मोटरबोर्ड डुङ्गा ट्युब आदीको प्रयोग गरि उद्दार गरिने कार्यको नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प फत्तेपुर का प्रमुख ज्ञान बहादुर आलेमगरले जानकारी दिए।कार्यक्रम सप्तकोसी नगरपालिकाका नगर प्रमुख तथा नगर विपद व्यवस्थापन समिति संयोजक कृष्ण प्रसाद ढकाल को अध्यक्षता सम्पन्न भएको थियो।