राजविराज
सप्तरीको राजविराजमा नेकपा (एमाले)निकट जनसंगठनहरुले महँगी विरुद्धमा प्रदर्सन गरेका छ्न।पार्टीको जनसंगठन समन्वय संयन्त्र समितिको अगुवाईमा बुधबार प्रदर्सन गरेको हो।
महँगी नियन्त्रण गर्नुपर्ने माग राख्दै समितिको अध्यक्ष दुर्गानन्द ठाकुरको नेतृत्वमा मदननगरस्थित पार्टी कार्यालयबाट निकालिएको र्याली नगर परिक्रमा गरेका थिए । करिब दुई सय नेताकार्यकर्ता सहभागी रहेको र्याली नगर परिक्रमा गरि पानीटंकी मोडमा कोणसभामा परिणत भएको थियो ।
सहभागीहरुले महँगी नियन्त्रण गर।भ्रष्टाचारको अन्त्य गर।परमादेशी सरकार मुर्दावाद ।किसानको मल खाद उपलब्ध गर ।अति बढ्यो महँगी र भ्रष्टाचार,जनताको होइन माफियाको सरकार जस्ता दर्जनौं नारासहितको प्लेकार्ड बोकेका थिए ।सो पार्टीका अनेरास्ववियु,राष्ट्रिय युवा संघ,अखिल नेपाल किसान महासंघ,उत्पीडित जातीय मुक्ति समाज,रिटर्नी फेडरेसन,अखिल नेपाल महिला संघ लगायतका जनसंगठनका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कोणसभामा सोही पार्टीका जिल्ला कमिटी उपाध्यक्ष अब्दुल मजिद साकिरले बर्तमान सरकारको रवैयाले किसान,मजदुर मारमा परेको बताएका छन।उहाँले सरकारको रवैया यस्तै रहे आन्दोलनलाई अगाडि बढाउने चेतावनी दिए ।त्यसैगरी अर्का नेता सुखराम यादवले सरकार चुनावको मिति घोषणा नगर्ने पक्षमा रहेकाले दबाब सृजना गर्नुपर्ने बताएका छ्न।सभालाई समापन गर्दै ठाकुरले सरकार महँगी नियन्त्रण नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको थियो ।