पब्लिकप्रेस संवाददाता
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव विरुद्ध जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले उम्मेदवारी दिने सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट सिमा रक्षकको सम्मान पाएका देव नारायण यादवले पनि नेकपा (एमाले)को चुनाव चिन्ह सुर्यबाट लड्ने घोषणा गरेका छ्न।
एमाले अध्यक्ष केपी शर्मा ओलिले सिमा रक्षक यादवलाई प्रतिनिधिसभाको टिकट दिने आश्वासन दिएपछि यादवले यस्तो घोषणा गरेका हुन ।उनले आम मतदाताको साथ र सहयोगको अपेक्षा गर्दै झुठो वाचामा नफसेर वास्तविकताको पक्षमा उभिन आग्रह गरेका छन।
“पृथकतावादी आन्दोलन अगाडि सारेर मधेसलाई छुट्टै देश बनाउने अभियानमा लागेका सिके राउत र मधेस बिद्रोहको बेला मधेसभित्रका पहाडी समुदायलाई प्रताडित गर्ने उपेन्द्र यादव भन्दा यो देशको सिमा रक्षा गर्ने देवनारायण यादवलाई जनताले विश्वास गर्न आग्रह गर्द्छु”उनले भने ।
बि.स.२०१५ सालमा तिलाठीमा जन्मिएका यादव २०२८ साल देखी राजनीतिकमा सक्रिय छ्न।भारतीयहरुले सीमा क्षेत्रमा नेपालीहरुलाई गर्ने हेपाहा व्यवहार बिरुद्ध उनी निरन्तर लड्दै आएका छ्न।उनी २०७३ साउन १३ गते भारतले सिमामा बनाउन लागेको बाँध भत्काएपछी सांघातिक आक्रमणमा परेका थिए । भारतीयहरु घाइते हुने गरी सिमाबाट खेद्ने काम समेत उनकै नेतृत्वमा भएको थियो । त्यसबेला भारतीयहरुले नै नेपालीहरुको आक्रमणबाट आफ्ना नागरिक घाइते भएको बताएका थिए । त्यही घटनाबाट चर्चामा आएका यादवलाई सरकारले जनसेवाश्रीबाट सम्मान समेत गरेको छ । यादवलाई ‘सिमा रक्षक’ को रुपमा सबैतिरबाट सम्मान समेत भएको थियो ।।