पब्लिकप्रेस संवाददाता
जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियरिङ समाजको केन्द्रिय सह-अध्यक्ष ईन्जिनियर संजिव नारायण यादवले प्रदेशसभा सदस्य पदमा चुनाव लड्ने घोषणा गरेका छन। ऊनी सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को “क”बाट जसपा नेपालको अकाङ्क्षी उम्मेदवारको रुपमा चुनाव लडने घोषणा गरेका हुन।
सरकारले आउँदो मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै ऊनी सो क्षेत्रबाट उक्त पदमा आफ्नो आकाङ्क्षा देखाएका छ्न।”यद्यपि पाँच दलिय गठबन्धनको साझा उम्मेदवारको रुपमा सम्भावना रहेको छ”उनले भने ।सप्तरी निर्वाचन क्षेत्र न.३ को (क)मा विष्णुपुर गाउँपालिका,रुपनी गाउँपालिका र शम्भुनाथ नगरपालिकाको १२ न.वडा बाहेकको क्षेत्र समेटिएको छ।
ई.यादव जसपाका सक्रिय कार्यकर्ता हुन।मधेसी जनताको हकअधिकारका निमित्त बिगत १८ वर्षदेखि संघर्षशिल छ्न।जसपा संगठन बिस्तारमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको उनले शुरूवाती राजनीतिक यात्रा भने नेकपा (माओवादी )बाट गरेका थिए।२०७२ साल देखि २०७७ सम्म मधेस इन्जिनियरिङ एसोसिएसनको केन्द्रिय अध्यक्षको कार्यभार सम्हालिसकेका छ्न।हाल उनी परामर्श सेवा तथा निर्माण व्यवसायमा आबद्ध छ्न।मधेस मिडिया हाउसले आयोजना गरेको दि हन्ड्रेड हिरोज अफ मधेस अवार्डबाट समेत सम्मानित भएका थिए ।
यसअघि यद्यपि पाँच दलिय गठबन्धनमा सम्भावना रहेको हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।?