पब्लिकप्रेस संवाददाता
सप्तरीको महादेवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झा हाजिर भएको छ।हनुमाननगर कंकालनी नगरपालिकामा कार्यरत ऊनी मंगलबार हाजिर भएका हुन।
गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले उनलाई एक कार्यक्रम बीच फुल माला लगाई हाजिर गराएका थिए ।त्यसै अवसरमा उपाध्यक्ष अर्चना कुमारी यादवले समेत स्वागत गर्दै झालाई सफलताको शुभकामना दिइन् ।
निमित्तको भरमा डेढ वर्षदेखि गाउँपालिकाको आर्थिक गतिविधि चलेको थियो ।निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामलखन यादवले गाउँसभाको सचीवको रुपमा कार्य सम्हालिरहेका थिए ।नवनिर्वाचित पालिका पदाधिकारीले पदभार ग्रहण गर्न बित्तिकै प्रमुख प्रशासकीय अधिकृत आउनुपर्ने आकाङ्क्षा देखाएको थियो ।उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत पटकपटक ताकेता गरेका थिए ।
हाजिर भएका झाले रौतहटको गरुडा नगरपालिकामा अगाडि साढे एक वर्ष प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालिसकेका छ्न।त्यसैगरी धनुषाको धनुज गाउँपालिकामा एक साल र हनुमान नगर कंकालनी बिगत आठ महिनाको अनुभव रहेको छ।