पब्लिकप्रेस संवाददाता
सप्तरीको एक आधारभुत बिद्यालयमा ४ कोठे भवनको कामै शुरु नगरी ३६ लाख निकासा गरेको छ।आर्थिक वर्ष २०७७ र २०७८ मा ३६ लाख लागत अनुमान गरिएको ४ कोठे भवनमा गाउँपालिकाले कामै शुरु नभएको अवस्थामा सम्पुर्ण निकासा दिएको हो।उक्त रकम बिद्यालयको खातामा रहेको प्रधानाध्यापक ज्योती यादवले बताएका छ्न।महालेखा परिक्षणको प्रतिवेदन २०७९ ले उक्त रकम बेरुजु देखाएको छ।निकासा गरेको उक्त भवन निर्माणको प्राविधिक मुल्यांकन,कार्यसम्पन्न प्रतिवेदन र बिल भर्पाई पेश हुनुपर्ने बताएका छन।महालेखाले गाउँपालिकालाई ३६ लाख बेरुजु भएको उक्त रकम असुल हुनुपर्ने जनाएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका २ नम्बर वडा सिम्रहा सिंग्यौनस्थित श्री जनता अधारभुत बिद्यालयमा ४ कोठे भवन निर्माणकार्य गर्न ३६ लाख निकासा भएको देखिन्छ ।बिद्यालयमा सो भवनको निर्माण समिति समेत गठन गर्न सकेको छैन।धेरै स्थानीयलाई भवनको योजनाबारे जानकारी नै छैन।२०१८ सालमा स्थापना भएको सो बिद्यालयमा करिब साढे ३ सय विद्यार्थी अध्ययनरत छ्न।”यस बिद्यालयमा पढेकाहरु इन्जिनियर र डाक्टर बनेका छ्न।दुई बिघा जग्गा स्कुलको नाममा रहेको छ”।बिधालयका कार्यालय सहयोगी रघुनाथ यादवले भने।उक्त बिद्यालयमा ४ वटा छाना भएको ब्लक छ।बिद्यालयमा आवश्यकता देखिएको ४ कोठे भवन निर्माण हुन नसकेपछि कक्षाकोठा लगायत संरचनाको अभाव देखिएको छ।महालेखाले ११३ नम्बर भौचर मिति २०७८ असार १८ गतेको लेखा परिक्षणमा सिम्रहा सिंग्योनको आधारभुत बिद्यालयको ३६ लाख रकम बेरुजु भएकाले असुल हुनुपर्ने औंल्याएको छ।
निर्माण समिति गठनमा कठिनाइ उत्पन्न भएकाले निर्माण कार्य शुरु हुन नसकेको विष्णुपुर गाउँपालिका २ न. वडाका वडा अध्यक्ष भोगेन्द्र यादवले बताएका छ्न।”छिट्टै भवन कार्य शुरु गर्न आवश्यक पहल गर्ने छु”उनले भने।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले यस बारे आफुलाई केही थाहा नभएको बताएका छ्न।”कामै शुरु नगरी बिद्यालय को हकमा रकम निकासा गर्ने आधार रहेको छ।मैले जानकारी पाएको हुँ ।काम शुरु गर्न पहल गर्नेछु।अब छिट्टै रकम रोक्का राख्न बिधालयलाई पत्राचार गरिने छ”उनले भने ।
यस सम्बन्धमा सामुदायिक बिद्यालयका केही प्रधानाध्यापकहरु सँग जिज्ञासा् राख्दा उनीहरुले कामै शुरु नगरी एकमुष्ट रकम निकासा नहुनुपर्ने बताएका छ्न।यसरी असार मसान्तमा रकम निकासा गरेकोले अनियमितताको गन्ध देखिएको छ।तलदेखी माथीसम्म भवन निर्माण प्रयोजनमा खर्च हुनुपर्ने रकम अनियमितता गरेको हुन सक्छ ।तर प्रअ यादवले उक्त रकम बैंकमा रोक्का राखेको बताए ।यसरी सम्पुर्ण रकम निकासा गर्ने कुनै कार्यबिधी नरहेको बताउँछन् ।एक चरणको कार्य सप्पन्न गराउन पेश्कीस्वरुप २१ प्रतिशतसम्म निकासा हुने चलन छ।वडा अध्यक्ष यादव र प्रअले उक्त रकम खातामा रहेको कुरा नियमसंगत देखिएको छैन।