पब्लिक प्रेस संवाददाता
नेकपा (एमाले)निकट भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को डाक्नेश्वरी नगरपालिकाको भेला सम्पन्न भएको छ।नगरकार्यपालिकाको सभाहलमा सोोमबार संगठनको अध्यक्ष राम अवतार यादवको अध्यक्षतामा भेला सम्पन्न भएको दुर्गानन्द ठाकुरले बताएका छ्न।
श्रम शोषणमा परेका सम्पुर्ण मजदुरहरु नेकपा (एमाले)मा संगठित भई आउँदो मंसिर ४ गतेको आम निर्वाचनबाट एमालेको एकल बहुमतका साथ सरकार बनाउने अभियानमा लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि पोलिट ब्युरो सदस्य सुमनराज प्याकुरेलले बताएका छ्न।
यसै क्रममा उहाँले अहिलेको सरकारले मजदुरलाई उत्पीडनमा पारेकाले एमालेको सरकार बनेपछि मजदुरको अधिकार सुनिश्चित हुने बताए ।मजदुरले श्रम गरि आफ्ना सन्तानको राम्ररी पालनपोषण गर्न नसकिरहेको अवस्थामा एमालेले मात्रै श्रमजीवी वर्गको सम्पुर्ण ग्यारेन्टी गर्न सक्ने पार्टी भएको बताए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा सप्तरी सह-इन्चार्ज राजकुमार लेखिको विशिष्ट आतिथ्यता,जिल्ला अध्यक्ष ताराकान्त चौधरी,जनसंगठन समन्वय संयन्त्रको जिल्ला प्रमुख दुर्गानन्द ठाकुर,देवनाथ यादव, अब्दुल मजिद साकिर, अखिलेश झा र डाक्नेश्वरी नगर प्रमुख राम लखन मलाहको आतिथ्यता रहेको थियो ।