शुभ नारायण यादव
सप्तरी, ३ भदौ ।
सप्तरीमा टेवल पंखामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।
सप्तरीको बोदेबर्साई नगरपालिका वडा न.३ मधुवन बस्ने १८ वर्षीय राम नरेश यादबका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफनै घरको बरण्डामा टेवल पङखा प्रखालमा राखी चलाई रहेको अवस्थामा अचानक हातले छुनगएपछि करेन्ट लागी घाईते भएका यादवलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
यता साे सम्बन्धमा उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।