पब्लिक प्रेस संवाददाता
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्री कृष्ण जन्मअष्टमी यो वर्षपनि मिथिलाक्षेत्र लगायत देशैभर मनाउँदैछ्न।पञ्चाङ्ग अनुसार शुक्रबार पर्वको रुपमा भगवान श्रीकृष्णको संसारभरका हिन्दु धर्मावलम्बीले पुजा आराधना गरि मनाइन्छ ।आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको हो।
हातमा मुरली,शिरमा मयुरको प्वाँख पहिरनसाथ शितल बगैंचामा बाँसुरीको मधुर धुन बजाउँदै गरेको भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने चलन रहेको छ।
चहक र अति प्रभावशाली व्यक्तित्वका धनी श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध गर्थे ।मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू कृष्णलिला को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथुरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् ।महाभारतको कौरव र पाण्डवहरुको युद्धमा श्रीकृष्ण भगवान पाण्डवको पक्षमा उभिएका थिए ।उनले अर्जुनलाई गीताको ज्ञान दिएका थिए ।त्यही गीता हिन्दु धर्मको एउटा ग्रन्थ रहेको पाइन्छ ।