पब्लिक प्रेस संवाददाता
सप्तरीको महदेवा गाउँपालिकास्थित प्रसिद्ध अंकुरी महादेव मन्दिरमा शुक्रबार २०१ कलश यात्रिसहित शंख मलमलले बनेको ६० किलोको बसहा स्थापना गरेको छ।तिलाठी कोईलाडी गाउँपालिका वाड न ६ निवासी चन्द्र देव यादको धर्म पत्नी स्वर्गीय यशोधा देविले ९ बर्ष आगाडी गरेकी सङ्कल्प पूरा गर्दै छोरा उपेन्द्र यादवले निजि लगानीमा उक्त बसहा स्थापना गरेको हो।
बसहा स्थापनाका निमित्त २०१ कलश यात्रीसहित बभनगमा गाउँको डिहबार बाबाको स्थानबाट कोशी नदिको पश्चिम नहरमा पूजा पाठ गरि कलश भरेर ५ किलोमीटर यात्रा पूरा गर्दै मन्दिर परिसरमा स्थापना गरिएको छ।
उक्त बसहा स्थापना गर्न यसोधा देवीकी माइलो छोरा प्रमोद यादव,पंडित गंगाई यादव,मन्दिरका पुजारी बद्री गिरिसहित छिमेकी गाउँका भक्तजनहरुको उपस्थिति रहेको थियो ।