पब्लिकप्रेस संवाददाता
तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष सतिश कुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गरेका छ्न।बिहिवार जिरिया हटियामा भएको पार्टी प्रवेश कार्यक्रममा ऊनी सहित २ हजार कार्यकर्ताले उक्त पार्टी प्रवेश गरेका हुन।
सोही पार्टीका राष्ट्रिय अध्यक्ष चन्द्र कान्त राउत (सिके राउत)को प्रमुख आतिथ्यतामा आयोजित सभामा सिंह लगायत लोसपा र नेकपा (माओवादी केन्द्र)का हजारौं कार्यकर्ताले जनमत पार्टी प्रवेश भएका थिए।
उक्त पार्टी प्रवेश हुनेहरूमा लोसपाका सिंह,माओवादी केन्द्रका मनोज यादव,तेज नारायण यादव,उमेश रायको नेतृत्वमा हजारौं कार्यकर्ता रहेको थियो ।
नवप्रवेशीहरुलाई अध्यक्ष राउत र केन्द्रिय कोषाध्यक्ष सुर्य नारायण यादवले फुलमाला र अबिर लगाई स्वागत गरेको थियो ।सभामा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को पार्टी सर्वेक्षक ऋषिकेश ठाकुरको समेत उपस्थिति रहेको थियो ।