पब्लिकप्रेस संवाददाता
मधेस प्रदेश सरकारले न्यायका लागि संघर्षरत कुमारी आमा निहारिका राजपुतलाई ५ लाख आर्थिक सहयोग गरेका छ्न।कानुनी लडाई तथा सन्तानको पालनपोषणमा सहयोग गर्ने उदेश्यले मुख्य न्यायाधिवक्ताको सिफारिसमा उक्त रकम सहयोग गरेको सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका हुन।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय बमोजिम न्यायका लागी संघर्ष गरिरहेकी राजपुतलाई मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाको सिफारिसमा ५ लाख रुपैयाँ सहयोग गरिएको छ।महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले शिवराज श्रेष्ठसँगको प्रेम सम्बन्धमा परी एउटा छोराको जन्म दिएकी थिइन ।
त्यसरी जन्मेको छोरालाई श्रेष्ठले स्विकार्न नमानेपछि राजपुत न्याय माग्न अदालतको पुगेकी थिइन ।जिल्ला अदालतले उनीहरुको मुद्दामा श्रेष्ठलाई सफाइ दिएपछि राजपुतले बच्चा र श्रेष्ठको डिएनए परिक्षणको माग राख्दै संघर्षरत छीन ।
न्याय पाउनुपर्ने दृढ़ अडानका साथ संघर्षरत राजपुत पटकपटक अनशन बसेकी थिइन ।संघीय सरकारले न्याय दिलाउन गरिने पहलमा तत्परता नदेखाएपछि ऊनी केही दिन अघि शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकी थिइन ।