उमेश कुमार साह
भदौ १४ । आधुनिक समाजमा बदलिँदो परिस्थितिका बीच भरपर्दो साधनको रुपमा रहेको सामाजिक सञ्जालको व्यापक दुरुपयोग हुन् थालेपछि सप्तरीका युवाहरु सामाजिक सञ्जालकाे टिकटक येप्स बन्द अभियानमा जुटेका हुन् ।
टिकटक बन्द संघर्ष समिती सप्तरीद्वारा राजबिराजमा आयोजित कार्यक्रममा युवाहरुको व्यापक सहभागिता देखिएको छ । समाजमा अस्लिन हर्कत बढिरहेको अवस्थामा युवाहरुद्वारा बिरोध प्रदर्शन गरिएका छन् ।
प्रदर्शनमा उत्रेका युवाहरुले टिकटक बन्द गर , बन्द गर,चाइनिज एपस बन्द गर , बन्द गर,टिकटक मा अस्लिलता भिडियो बनाउनेलाई कार्वाही गर , कार्वाही गर,टिकटक भगाऊ आफ्नो संस्कृतिक बचाऊ,टिकटक बन्द संघर्ष समिति जिन्दाबाद , जिन्दाबाद लगायतका नारासहित युवाहरुले व्यापक बिरोध प्रदर्शन गरेका हुन् ।
टिकटक बन्द संघर्ष समिती सप्तरीद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी युवाहरुको जुलुशले नगर परिक्रमा गर्दै बिरोध प्रदर्शनको साथै जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरी राजबिराज समेतमा ज्ञापन पत्र बुझाएको टिकटक बन्द संघर्ष समिति अभियानका जिल्ला संयोजक सचिदानन्द यादवले जानकारी दिए ।
समाजमा अश्लीलताको हर्कतले सीमा नाघदै भोजपुरी , मैथली ,नेपाली गीत संगीतलाई समेत नारकीय ढंगबाट खिल्ली उडाउँदै गर्दा समाजमा महिला ,पुरुष ,जवान वृद् लगायत सबै समाजमा टिक टक येपस्को व्यापक दुरुपोगमा लागेपछि सप्तरीका युवाहरु यसलाई व्याण्ड गरिनुपर्ने अडानका साथ आन्दोलनमा होमिएका छन् ।
युवाहरुको बदलिँदो परिस्थितिमा समाजमा सकारात्मक परिवर्तनका ल्याउनको लागि बढाइएको अभियानलाई चारैतिर बाट साथ र समर्थन प्राप्त भइरहेको अवस्था रहेको पाइन्छ ।
टिक टककरहरुको होडबाजीले सामाजिक सञ्जालमा व्यापक अंगहरूको प्रदर्शन गरीदा समाजमा त्यसको नकारात्मक असर र प्रभाव पार्ने तथा भावी सन्तानलाई समेत असर पर्ने भएकोले यसलाई सबैतिरबाट बन्दको अभियान आजको आवश्यकता महसुस गरिएको छ ।