पब्लिक प्रेस सम्वदाता
चन्दन रजक ।
सप्तरीमा युवा जनमत संघ सप्तरीको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम राजविराजको जयन्ति भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
जसमा नरेश अधिकारीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा स्वराजी पप्पु पंजियार, उपेन्द्र कु मण्डल,सचिवमा सरोज यादव , सह- सचिवमा मुकेश कुमार सिंह ,गंगा प्रसाद साह ,कोषाध्यक्षमा अजय कुमार मण्डल ,सह-कोषाध्यक्षमा संजय कुमार मण्डल ,अनिल यादव रहेका छन् ।
युवा जनमत संघको सप्तरी जिल्ला इन्चार्ज ममता झाको अध्यक्षतामा सम्पन्न उक्त समिति पुनर्गठन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य सुरेन्द्र शर्मा (मधेशी)लगायत युवाहरुको सहभागिता रहेको थियो ।