पब्लिक प्रेस
सम्वदाता
राजबिराज । सधैं जनताका मतलाई सम्मान गर्ने नेता हुन् शैलेन्द्र साह । राजनीति उसको बिरासत होइनन, बिरासतले उनलाई नेता बनेको होईन । राजनीति उनकोलागि पुस्तेनी पेषा पनि होईन । आन्दोलनका क्रममा प्रहरीको निर्मम कुटपिट देखि थुना र जेल सम्मको यातना झेलेका एक सामान्य राजनीतिक कार्यकर्ता हुन साह ।
सधैं जनताका मतलाई सम्मान गर्ने नेता २०७० सालमा प्रत्यक्षबाट संविधानसभा चुनाव लडे । महँगिदै गएको चुनावी राजनीतिमा टिक्न आफ्नो सरबस्व गुमाए तर, समानुपातिकको आडमा राजनीतिलाई अघि बढाउन चाहेनन् । उनी सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लडि फोरम नेपालको शाख पनि जोगाइ राखे । सडक आन्दोलनमा मरणासन्न हुने गरी कयौं पटक कुटिए । शासकको लाठी प्रहारले रक्ताम्म भए । तर कहिल्यै अन्दोनबाट भागने प्रयास गरेन ।
६ महिने मधेश आन्दोलनको सुरुबातमै भारदहमा प्रहरीको लाठि प्रहार बाट घाईते भएको साह आन्दोन गरी रहे । विद्यार्थी जिवनमा लोकतान्त्रीक आन्दोलनको समेत अगुवा बली केन्द्र देखी जिल्ला सम्म कयौ पटक जेल गए । मधेश आन्दोलनको रापतापले प्रदेश नम्बर २ मा संधीय समाजबादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राम्रै सिट हासिल गरेको छ स्थानीय तह निर्वाचनमा । जसले गर्दा यो पार्टीप्रति धेरै राजनीतिकर्मी आकर्षित भएका छन् । मतदाताको हुल नै फोरम राजपा पक्षधर भएपछिको परिणाम हो यो । हरेक मधेश आन्दोलनमा सहभागी भई मधेशवादको दियोलाई प्रतिकूल समयमा पनि जोगाइ राखे । साह पार्टीप्रति प्रतिबद्ध, नेतृत्वको विश्वासी र जनताका प्यारो नेता भएकाले उनी टिकट पाउने कुरामा खासै सन्देह गर्नुपर्ने स्थिति छैन ।
शैलेन्द्र साह हामि तपाई जस्तै आम सर्वसाधारण हुन्ए । आम सर्वसाधारण किसानका छोरा हुन् । राजनीति उसको बिरासत होइनन, बिरासतले उनलाई नेता बनेको होईन । राजनीति उनकोलागि पुस्तेनी पेषा पनि होईन । आफ्नो पढाई, करियर, परिवारमा कसैको परवाह नगरी विद्यार्थी जिवनदेखिनै उत्पिडित, अपहेलित पछाडि परेका वर्ग समुदायको अधिकारका निम्ति संघर्षरत उनी मधेसी जन अधिकार फोरमका संस्थापक मध्यै एक हुन् ।
लोकतांत्रिक आन्दोलनदेखि मधेस आन्दोलन सम्मका वेला एक सामान्य कार्यकर्ता सरह मसाल बोक्नेदेखि टायर बाल्ने सम्मको क्रियाकलापमा सक्रिय र प्रत्यक्ष भुमिका निर्वाह गरेका व्यक्ति हुन शैलेन्द्र साह ।
अन्य पेशामा लागेर धेरै सम्पत्ति कमाई आफ्नो र आफ्नो पारिवारिक लाईफ सेटल गरेर सम्पत्ति वलमा राजनीतिलाई पैसा र पावरको अखाड़ा बनाउने नेता होईनन् उनी , जनता माझ रहेर, जनताको मन जितेर आफ्नो संघर्षको बलमा नेता बनेका व्यक्ति हुन साह, उनी जनताका नेता हुन् साह ।
पार्टी, सिद्धांत र बिचार प्रति प्रतिबद्ध कार्यकर्ता हुन शैलेन्द्र, पद र टिकटका निम्ति चुनाव पिच्छै पार्टी फेर्ने नेता होईनन् साह ।
जनताको स्नेह र सदभावले प्रदेश सांसद तथा मन्त्री भएपनि विचार, व्यवहार र भावना परिवर्तन नभएका नेता हुन साह ।
उनी निर्वाचित क्षेत्रका कुन गाउँ कुन वस्तीमा उनी मार्फत सडक, बिजली, स्वास्थ्य, शिक्षा, सिंचाई, मठ मन्दिर, मस्जिद, ईदगाह, कला संस्कृति संरक्षण लगायतका क्षेत्रमा बजेट गएको छैन? काम भएको छैन? वा भनौ समग्र परिवर्तन देखिएको छैन?
हो दशकौ देखि लथालिङ परेको तराई मधेस ५ वर्षमै कयापलट गर्न सकिदैन । यो स्वाभाविक हो । यद्यपि विकासले जुन गति समातेको छ त्यसको निरन्तरता अपरिहार्य छ । त्यसैले सप्तरी निर्वाचन क्षेत्र २(क) मा एक पटक पुनः शैलेन्द्र साह ।