नविन निर्भय यादव
सप्तरी ।
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा सोमबारदेखि दशजोड दुई कक्षा सञ्चालनमा आएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालय तोपा बजारमा दशजोड दुई कक्षा सञ्चालनमा आएको हो ।
विद्यालयको प्रधानाध्यापक रमेश कुमार झा, वडा अध्यक्ष सत्यनारायण यादव र तोपा बजारवासीको पहलमा दशजोड दुई कक्षा सञ्चालनमा आएको स्थानीयले बताए । विद्यालयमा दशजोड दुई कक्षा सञ्चालनमा आए लगत्तै १२ जना छात्र, छात्राहरू भर्ना भएको प्रधानाध्यापक रमेश कुमार झाले बताउनु भयो । सञ्चालित संकायहरूमा व्यवस्थापन, शिक्षा, मानविकी र कानुनी शिक्षा रहेको प्रधानाध्यापक झाले जानकारी दिनुभयो ।