शुभ नारायण यादव सप्तरी ,१९ भदौ ।
पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि दिनहु अबेध समानहरु बरामद हुन थालेको छ । साेहि क्रममा सप्तरीको विभिन्न सिमावर्ति नाकाबाट पछिल्लोपटक सशस्त्र प्रहरीले लाखौंको अबेध समान बरामद गर्न सफल भएको हाे । सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.५ टिकुलिया स्थित बर्साइनबाट सशस्त्र प्रहरीले १ लाख ५ हजार २ सय मूल्य बराबरको अबेध कपडाहरु बरामद गरेकाे छ । विअाेपि बर्साइनका सशस्त्र प्रहरी निरिक्षक केशव शरण मेनालिकाे कमाण्डमा खटिएको टाेलिले भारतबाट अबेध रुपमा नेपालतर्फ भन्सार छलि माेटरसाइकलमा ल्याउदे गरेकाे अवस्थामा साे मूल्य बराबरको अबेध कपडा बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयो । उहाका अनुसार यसेगरि सप्तरीको बलान बिहुल गाउपालिका वडा न.६ स्थित शेहरा चाेकबाट सशस्त्र प्रहरीकाे टाेलिले ४२ हजार ४ सय ६० रुपेया बराबरको अबेध कपडा बरामद गरेकाे छ । विअेापि रामनगरका सशस्त्र प्रहरी निरिक्षक वेद प्रसाद पनेरुकाे कमान्डमा खटिएको टाेलिले भारतबाट अबेध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदे गरेकाे अवस्थामा साे मूल्य बराबरको अबेध कपडा बरामद गरेकाे बताउनुभयाे। यस्तै सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.९ इटाभट्टा स्थित बाेडरबाट सशस्त्र प्रहरीले ४ हजार ५ सय मूल्य बराबरको अबेध लेडिज चप्पल र चुरा बरामद गरेकाे छ । यसेगरि सप्तरीको राजगढ गाउपालिका वडा न.६ बरदाहि स्थित बाेडृरबाट ३२ हजार मूल्य बराबरको अबेध किटनाशक अाेषधिहरु बरामद गरेकाे छ । विअेापि बनेनियाबाट खटिएको टाेलिले भारतबाट अबेध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदे गरेकाे अवस्थामा साे मूल्य बराबरको अबेध अाेषधि बरामद गरेकाे हाे । त्यस्तै सप्तरीको बलान बिहुल गाउपालिका वडा न.५ स्थित काेदरकटिबाट सशस्त्र प्रहरीले झन्डै १० हजार मूल्य बराबरको अबेध अाेषधिहरु नियन्त्रणमा लिएको छ । बिअाेपि रामनगरबाट खटिएको टाेलिले भारतबाट तस्करी गरि अबेध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साे मूल्य बराबरको अबेध अाेषधि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ । यसेगरि सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.४ स्थित खाडाे खाेलाकाे बाधबाट ६ हजार मूल्य बराबरको अबेध समानहरु बरामद गरेको छ । यस्तै सप्तरीको बलान बिहुल गाउपालिका वडा न.४ स्थित बेल्हिबाट ४० हजार ५ सय मूल्य बराबरको अबेध माेवाइलका पार्टसहरु बरामद गरेकाे छ । विअाेपि बेल्हिबाट खटिएको टाेलिले भारतबाट अबेध रुपमा झाेलामा बाेकि नेपालतर्फ ल्याउदे गरेकाे अवस्थामा साे मूल्य बराबरको अबेध माेबाइलका पार्टसहरु बरामद गरेकाे हाे ।यता बरामद गरिएका सम्पूर्ण अबेध समानहरु अावश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय बेल्हि तिलाठि बुझाएको सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयो । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाउन थालेपछि लाखौंको अबेध समानहरु बरामद गरि भन्सार चलान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।