हालसालै जनता समाजवादी पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीको नेतृत्वलाई लिएर विवाद सृजना भएको छ।पार्टीका उच्च ओहदामा रहेका नेताको जानकारी बिना नै नेतृत्व चयन गरेको उक्त पार्टीका एक जना जिम्मेवार व्यक्तिले औंल्याएका छ्न।
उक्त नेताले पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई समेत आघात हुने गरी निर्णय गरेको आरोपसम्म लगाए ।साथै उनले यस्तो षड्यन्त्र छम्य नहुने चेतावनी समेत दिए ।
उक्त पार्टीको सो क्षेत्रीय कमिटीको नेतृत्व पार्टीको मर्म र भावना विपरीत भएको जिकिर गरेका छ्न ।क्षेत्रीय कमिटीको सो बैठकको निर्णय पार्टी प्रवक्ता,राजनीतिक समिति,केन्द्रिय कमिटीसहित राष्ट्रिय अध्यक्ष समेतलाई जानकारी नदिई गरेकाले दुर्भाग्यपूर्ण रहेको बताए ।
यसले के स्पष्ट हुन्छ भने जसपा पार्टीमा समेत अन्तर्विरोध रहेको छ।त्यसमा पनि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यो अन्तर्विरोध सतहमै आएको छ।उक्त निर्वाचन क्षेत्रबाट जसपा राष्ट्रिय अध्यक्ष यादव प्रतिनिधिसभा तर्फको प्रत्यक्ष सांसद हुन।