आउँदो मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहोल तीब्र हुँदै गएको छ।एकातिर पाँच दलीय गठबन्धन र अर्कातिर एमाले लगायत अन्य राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट भएको छ।
तिनीहरुले चुनावीलाई लक्षित गरेर पार्टीका कार्यक्रमहरुमा तीब्रता दिँदै छ्न।तराई मधेस लगायत देशै भर चुनावी माहौल तीब्र भईरहेको बेला पार्टी प्रवेश कार्यक्रमहरुले पनि तीव्रता लिदै गएको छ।कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न पार्टी परिवर्तन गरिरहेका छ्न।पुरानै अनुहारका कार्यकर्ताहरुले पार्टी परिवर्तनमा इक्ष्छा देखाएका छ्न।
त्यसरी चुनावी माहौल तीव्र पारिरहेको राजनितिक दलमा सम्भावित उम्मेदवारको सिफारिस समेत हुन थालेको छ।जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाको सम्भावित उम्मेदवारहरुको सिफारिस पार्टीहरुले धमाधम गरिरहेका छ्न।यसले स्पष्ट हुँदै छ कि देशमा चुनावी माहौल तीव्र हुँदै गएको छ।