पब्लिकप्रेस संवाददाता
५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा तिलाठी कोइलाडी-०२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सोही वडाको आयोजना भएको सो कार्यक्रममा ‘बालअधिकार सम्बर्द्धनमा स्थानीय सरकारको भुमिका’ बिषयमा प्रतियोगिता भएको थियो । कार्यक्रममा त्यस वडा भित्र रहेका बाल कल्व तथा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । जम्मा १५ जना प्रतियोगीले कार्यक्रम भाग लिएका थिए । जसमध्ये बजरंगबली बाल कल्वकी मनिषा कुमारी मंडल प्रथम , आधारभूत विद्यालय लौनियाँका राम कृष्ण मंडल द्वितीय, सिद्धि दात्री बाल कल्वकी कल्पना कुमारी मंडल तृतीय भएकी थिइन् ।
सोही अवसरमा वडा भित्रका बाल कल्व र विद्यालयमा वडाको तर्फबाट खेलकुदको सामग्री समेत वितरण गरेको थियो ।
कार्याक्रममा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष अरुण मंडल प्रमुख अतिथि रहेका थिए । सोही पालीकाको वडा नम्बर २ को अध्यक्ष कमल कुमार मंडलको अध्यक्षतामा भएको कार्यक्रममा सोही गाउँपालिका शिक्षा संयोजक राजेश झा, सोही वडा भित्रका विद्यालयका प्रधानाध्यापक प्रदिप मंडल, चन्देश्वर खंग, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका संचालन स्थानीय युवा कासिन्द्र खंगले गरेका थिए ।