तौलिहवा ,
कपिलवस्तु नगरपालिका वडा नं. ३ मा रहेको कृषि बैंक देखी महिता जाने बाटोमा एक युवकलाइ दुई जनाले निर्घात कुटपिट गरि गम्भीर घाइते बनाएका छन् ।
कपिलवस्तु नगरपालिका वडा नं. ९ निग्लिहवा बस्ने बर्ष २२ का कमलेश कुर्मीलाइ बाटोमा रोकि निर्घात कुटपिट गरिएको छ । कुर्मी लु ३८ प ९२१३ नम्बरको मोटरसाइकल लिइ घरायसी कामले तौलिहवा आइ फर्कि रहेको अवस्थामा कपिलवस्तु नगरपालिका वडा नं.३ देवनगडिया बस्ने बर्ष २२ का प्रयास गैरे र शक्ति इन्टरनेशनल होटेलमा काम गर्ने बर्ष २४ का प्रबिण भन्डारीले सयुक्त रुपमा मिलि अज्ञात स्कुटिले पिछा गरि कुटपिट गरेका छन् । उनीहरुले आइतबार साझ ५ बजे कृषि बैंकबाट महिता जाने बाटोमा शक्ति इन्टरनेशनल होटेल अगाडी रोकि भण्डारीले समातेपछि गैरेले हेल्मेट र हातमा लगाएको फलामे चुल्लाले निर्घात कुटपिट गरि घाइते बनाएको आरोप लागेको छ ।
कुटपिटबाट घाइते भएका कमलेश कुर्मीको तौलिहवा स्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार पस्चात भैरहवा लगि उपचार भैरहेको छ । उनलाई टाउकोमा गम्भीर चोट लागेको कारण भैरहवामा उनको सिटि स्क्यान गरिएको छ ।
घटना लगत्तै आरोपी फरार भएका छन् । घटनाका दोषलाइ कारबाहीको माग गर्दै पीडितका ठुलो बुवा शिव प्रसाद कुर्मीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।
हाल पीडितका बुवा वैदेशिक रोजगारको क्रममा बिदेश रहेका छन् ।
यसैगरी आरोपी प्रयास गैरे यस अघिपनि विभिन्न झैझगडामा मुछिएका छन् । उनको दाइ धिरज गैरे समेत बिगतमा विभिन्न अपराधीक मुद्दामा परिसकेका छन् । गैरेको बुवा कपिलवस्तु नगरपालिका वडा नं. ३ का निबर्तमान अध्यक्ष प्रकाश भनेर चिनिने रुद्र प्रकाश गैरे हुन ।