पब्लिक प्रेस संवाददाता
सप्तरीमा प्रमुख जिल्ला अधिकारीको सरुवामा गृह मन्त्रालयले चटारो प्रवृत्ति देखाएका छ्न। प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा दुई हप्ता नबित्दै सरुवा भएका छ्न।खतिवडा गएपछि गृह मन्त्रालयले भुपेन्द्र थापालाई सप्तरी पठाएका छ्न।
जनार्दन गौतमको सरुवापछि भदौ २७ गते खतिवडा जिल्ला प्रशासन कार्यालय,सप्तरीमा हाजिर भएका थिए ।उहाँ दुई हप्ता नबित्दै बुधबार सरुवा भएका हुन।मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा खतिवडाको सरुवा भएपछि गृह मन्त्रालयमा कार्यरत थापा बिहीबार सप्तरी हाजिर भएका हुन।चुनावको मुखमा गृह मन्त्रालयले सप्तरीमा सिडिओ सरुवाको चटारो देखाएपछि जिल्ला वासी आसर्जे भएका छ्न।
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ।मधेस प्रदेशमा जनता समाजवादी पार्टीको सरकार छ।त्यसैगरी संघमा देउवा नेतृत्वको जसपा सहितको पाँच दलिय गठबन्धनको सरकार छ।कांग्रेस र जसपाले सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा २/२ वटा प्रतिनिधिसभा सिटमा बाँडफाँड गरेका छ्न।चुनाव नजिकिदैबेला गृहले सप्तरीमा सिडिओ सरुवाको चटारो देखाउन थालेपछि यसले धेरैमा शंका समेत उत्पन्न गराएका छ्न।
उनीहरूले सरकारको नियत मै प्रश्न उठाएका छ्न।निर्वाचनको तयारीका बेला यसरी १० दिनमा सिडिओ परिवर्तन हुनु आसर्जे भएको बताएका छ्न।तर गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र मनि पोखरेलले आफैं सरुवा गराउनेलाई के गर्ने बताएका छ्न।