कार्यालय समयमा निजि कामको व्यस्तताले सेवाग्राही मारमा
पब्लिक प्रेस संवाददाता
राजविराज
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका जनप्रतिनिधिहरु कार्यालयमा बस्न कन्जुस्याइँ गरिरहेका छ्न।उनीहरुले कार्यालयमा भन्दा घरमै बोलाएर अथवा फोनले खोजेर कागजमा हस्ताक्षर गर्ने प्रवृत्ति बढाउँदै गएकाले कार्यालयमा बस्न छाडेका हुन।
स्थानीय तहमा जनप्रतिनिधिहरु बहाल भएको ४ महिना बितिसक्दा समेत उनीहरुले नियमित कार्यालय बस्ने परिपाटी अपनाएका छैन ।जनप्रतिनिधिहरुको यस्तो रवैयाले जनतामा कठिनाई उत्पन्न भईरहेको सेवाग्राहीहरुले गुनासो गरेका छ्न।
गाउँपालिकाको ५ नम्बर वडाको वडा अध्यक्ष ललन राउतले कार्यालयको समयमा निजि काम व्यस्त हुने गरेको स्थानीयले आरोप लगाएका छ्न।वडा अध्यक्षको निजि व्यस्तताले जनताको जनप्रतिनिधिबाट सेवाग्राहीले पाउने सेवासुविधामा कठिनाई उत्पन्न भएको स्थानीय हरि चन्द्र मण्डलले बताएका छ्न।
जनप्रतिनिधिको सेवाग्राहीलाई एकै नजरले हेर्नुपर्ने दायित्व हो।तर वडा अध्यक्ष राउतले अन्य पार्टीमा आस्था राख्नेलाई विभेद गर्ने गरेको जय शंकर रजकले बताएका छ्न।
जन गुनासो बढेपछि पब्लिक प्रेसका समाचारकर्मीले वास्तविक बुझ्न वडा कार्यालय गएका थिए ।कार्यालयको समयमा वडा अध्यक्ष राउत शुक्रबार समेत आफ्नो निजि कामको व्यस्तताले बाहिर रहेको वडा सचीवले जानकारी दिएका थिए ।
कार्यपालिका सदस्यसमेत रहेको वडा अध्यक्षले कार्यालयमा नबस्ने प्रवृत्ति सुधार गर्नुपर्ने भनेर गाउँपालिका अध्यक्ष अरुण मंडललाई आग्रह गर्दा उनले १० देखी ५ बजेसम्म बस्न जनप्रतिनिधिले सरकारबाट नियुक्ति नपाएको बताएका छ्न।अध्यक्ष मण्डल स्वयं पूरा समय कार्यालयमा नदिएको जनताले गुनासो गरेका छ्न।