पब्लिक प्रेस संवाददाता
गृह मन्त्रालयबाट सप्तरी आएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सुरक्षा व्यवस्थापनमा सक्रियता बढाएका छ्न।बिहीवार कार्यालय हाजिर भएका ऊनी नेपाल-भारतको सिमास्तम्भहरु निरीक्षण गर्न थालेका हुन।
शनिबार ऊनले आफ्नो नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख अभिनारायण काफ्ले सहित सुरक्षा निकायका प्रमुखको टोली बनाएर नेपाल-भारतको २२८/१ नम्बर पिलर निरीक्षण गरेका थिए ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन र नेपालीहरुको महान चाड बडा दशैलाई समेत ध्यानमा राखी प्रजिअ थापाले सप्तरीका सिमावर्ती क्षेत्र लगायत शक्तिपिठहरुको स्थलगत अवलोकन गरेका थिए ।
त्यसक्रममा प्रजिअ थापाले छिन्नमस्ता भगवतीको स्थलगत निरीक्षण गरेका छ्न।भारदहस्थित कंकालनी भगवती शक्तिपिठ,राजविराजको राजदेवी शक्तिपिठ निरीक्षण गरेका छन ।बिगत केहि दिनयता शक्तिपिठहरुमा सहज दर्शन गर्ने वातावरण बिग्रँदै गएकाले प्रजिअ थापाले त्यसबारे चासो लिँदै आवश्यक निर्देशन गरेका छ्न।
भक्तजनको भिडभाड हुने शक्तिपिठहरुमा अपराधीहरुको चलखेल हुन सक्ने गुनासोलाई मध्यनजर गर्दै थापाले सुरक्षा व्यवस्थामा कडाई गर्न निर्देशन दिएका छ्न।