पब्लिक प्रेस संवाददाता
राजविराज
नेकपा(एमाले)अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली असोज १५ गते शनिबारका दिन सप्तरी आउने भएका छ्न।
सो पार्टीको भात् संगठन राष्ट्रिय युवा संघ नेपालको मधेस प्रदेश कमिटीको आयोजनामा हुन लागेको आमसभालाई सम्बोधन गर्न ऊनी सप्तरी आउने उक्त पार्टीका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताएका हुन।
आसन्न मंसिर ४ गतेको संघीयसभा र प्रदेशसभा निर्वाचन लक्षित युवा संघको प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा र मधेस युथ फोर्स तथा साइबर सर्कल् घोषणा कार्यक्रमको सम्पुर्ण व्यवस्थापन भने जिल्ला पार्टी कार्यालय सप्तरीले गरेको चौधरीले बताए ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने कन्चनरुप नगरपालिका १२ नम्बर वडा स्थित धर्मेश्वर अस्पताल छेउमा अवस्थित मैदानमा सभाको आयोजना गरिएको छ। उक्त सभालाई सम्बोधन गर्न ओली हेलिकप्टरबाट सप्तरीको भुमिमा ओर्लिने युवा संघका जिल्ला इन्चार्ज मनिष श्रेष्ठले बताएका छ्न।
उक्त ऐतिहासिक आमसभाको सफलताका लागी सम्पुर्ण पार्टी पंक्ति तयारीमा लागेको केन्द्रिय सदस्य राजकुमार लेखीले बताएका छ्न। जिल्लाबाटै करिब पचास हजार हाराहारीको संख्यामा जनता ल्याइनेछ।सोही अवसरमा हजारौंको संख्यामा पार्टी प्रवेश हुने तयारी रहेको छ।देशले खोजेको र जनताले रोजेको एकमात्र नेता हाम्रो पार्टी अध्यक्ष ओली हुनुहुन्छ।त्यसैकारण सप्तरीवासी जनसमुदायले आमसभामा सहभागी भएर अध्यक्ष ओलीको सन्देश सुन्नु हुने अपेक्षा राखेको छु।’उनले भने।