अन्य दलबाट आजित छन् सिरहा ४ का मतदाता, यसपालि जनमत पार्टीलाई भोट दिने मुडम
सिरहा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले जोडतोडले चुनावी अभियान गरिरहँदा सिरहा ४ जनमत पार्टीप्रति जनताको छुट्टै मोह देखिएको छ ।
चुनावी अभियानमा विभिन्न पार्टीका उम्मेदवारहरुले पैसाको खोलो बगाइरहेका छन् । उनीहरू आफ्ना कार्यक्रममा जनतालाई सहभागी गराउन अनावश्यक रकम खर्च गरिरहेका छन् ।
जनतालाई कार्यक्रममा सहभागी गराउन उनीहरू गाडी नै पठाउँछन् । तर, जनमत पार्टीका कार्यक्रममा भने यहाँका मतदाताहरु निस्वार्थ रुपमा आउने गरेका छन् । जनमत पार्टीका लागि प्रचारप्रसार पनि जनताले गरिरहेका छन् ।
अन्य दलले र नेताले सधैं ठगेकोले अब नझुक्किने र जनमत पार्टी नै अब आफूहरूको आशाभरोषा भएको मतदाताको भनाइ छ ।
जनमत पार्टीबाट सिरहा ४ मा प्रतिनिधिसभाका लागि बिरेन्द्र प्रसाद साह उम्मेदवार छन् भने ४ (क) प्रदेशसभाका लागि त्रिभुवन साह र ४ (ख) का लागि सुरेश यादव उम्मेदवार छन् ।