अभिषेक चुनावी मैदानमा घरदैलो अभियान निरन्तरता दिदैँ
Your Content Goes Here
४ कार्तिक , राजविराज ।
सप्तरी क्षेत्र नम्बर ४(ख) जनता समाजबादी पार्टी उमेदवार अभिषेक यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरीरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनता को घर घरमा पुगि रहेका नेता यादव युवामाझ लोक्रिय नेताको रूपमा चर्चामा रहेको छ । यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै आउनुभएका यादव यसपटक जनताको प्रतिनिधि भएर जनताको लागि नीति निर्माण तहमा पुगेर काम गर्ने धोको रहेकोले पनि पुन उम्मेदवारी दिएको बताउनुभयो । उम्मेदवारी दिएपछि मतदाताहरुसँग भेटघाट गरिरहनुभएका यादवले चुनावी छलफल गर्नुभएको छ । चुनावी छलफलका क्रममा उहाँले यसपटक क्षेत्रको जनताले आफूलाई न्याय गर्ने बताउनु हुन्छ । छाता चुनाव चिन्ह हो आफू क्षेत्र नम्बर ४ (ख)को प्रदेशसभा जनताको उज्यालोका लागि छाता लिएर अगाडि बढीसकेको बताउनुभयो।
यसपालि कृषि क्षेत्रलाई प्राथमिकता राखेर चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।
नेता यादव सोही क्षेत्र बाट प्रदेश सभा पदमा निर्वाचित भएको थियो ।