सिरहा । चुनावको मुखमा जनमत पार्टीमा प्रवेशको लहर चलेको छ । खासगरी सिरहा ४ मा विभिन्न पार्टीका कार्यकर्ताले धमाधम पार्टी परित्याग गरी जनमतमा प्रवेश गरिरहेका छन् ।
आइतबार मिर्चैया-८ मझौवा जसपा, एमाले, माओवादी र कांग्रेस परित्याग गरी दुई दर्जनबढी नेता कार्यकर्ता जनमतमा प्रवेश गरे । उनीहरू त्यहाँका विभिन्न पार्टीका अगुवा कार्यकर्ता थिए ।
मोहन रायको नेतृत्वमा दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू विधिवत रुपमा जनमत पार्टीमा प्रवेश गरेको जनमतका केन्द्रीय सदस्य निर्मल मण्डलले जानकारी दिए ।
उनीहरूलाई सिरहा ४ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार त्रिभुवन साहले फूलमाला अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।