सप्तरी
नबिन निर्भय यादब
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड न ३ स्थित सकरपुराको वडा अध्यक्ष रमेश कुमार मुखियाले चाडपर्वहरूलाई मध्य नजर गर्दे आईतबार एक दिने सरसफाइ अभियान गरिएको छ।
सोही एक दिने सरसफाई कार्यक्रमको सञ्चालन संजय मुखिया, अध्यक्षता वडा अध्यक्ष रमेश कुमार मुखिया, र कार्यक्रमको अगुवाइमा युवा नेता शिवनाथ यादव र तिलाठी चौकिको सई अबधैश चौबै रहेको थियो।
ग्रामदेवताको प्रंगनबाट १०० महिला र पुरुषको उपस्थितमा सरसफाइ अभियान अन्तर्गत सकरपुराको साविक वडा नम्बर १ देखि ९ सम्मको उक्त टोलटोलमा सरसफाइ गर्नु भएको वडा सदस्य अमोद कुमार झाले बताउनु भएको छ।