बोदे बर्साईन नगरपालिका नगर प्रहरी हवल्दार चुनावी प्रचार प्रसारमा
१० कार्तिक, राजविराज ।
सप्तरीको बोदे बर्साईन नगरपालिकाको नगर प्रहरी हवल्दार डमबर नारायण यादव आफनो जिम्मेवारी मर्यादा भुली ४ मंसिरमा हुन गई रहेको प्रतिनिधि सभा प्रदेस सभा चुनावको लागि उम्मेदवार पक्षमा समाजिक संजालमा भोट माग्नमा व्यस्त रहेका छन् । करार कर्मचारीका रुपमा नगर प्रहरी हवल्दार पदमा कार्यरत रहेका यादव नगर प्रमुख आतेश कुमार सिंह यादवलाई खुस पार्न उनको बुवा अनिरुद्ध कुमार सिंह यादवको पक्षमा चुनावी प्रचारमा उत्रिएका हुन् ।
सरकारी कर्मचारी यसरी चुवावी प्रकृयालाई प्रभावित पारि रहादाँ जिल्ला निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज मौन बसेकोछ ।
निर्वाचन आयोगले २५ असोजमा प्रेस विज्ञप्ति निकाली निर्वाचन आचारसंहिता २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, प्राध्यापक तथा शिक्षक , सरकारी निकायबाट संचालित संस्थाका कर्मचारीहरुले उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्नै नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेमा र निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारवाही हुने व्यवस्था रहेकोछ ।