कवियित्री करुणा झाले छठ पर्वको अवसरमा ब्रतालुहरुलाई विगतको वर्षझै यस वर्ष पनि साडी वितरण गरेकी छिन ।सप्तरीको राजविराजमा झाले बिहीबार गायत्री झा, मुन्नी मेहतर ,लक्ष्मी मंडल,सरस्वती देवी लगायत छठ व्रत राख्नेहरुलाई साडी वितरण गरेकी हुन।
राजविराज निवासी कवियित्री झाले साहित्यिक रचना,गीत गजल र कविता रचनामा प्रसिद्ध हासिल गरेकी छिन।समाजसेवी भावनाकी झाले राजविराजमा प्रत्येक वर्ष छठ पर्वको अवसरमा व्रतालु महिलाहरुलाई साडी वितरण गर्ने गर्छिन् ।