शुभकामनाको क्रममा तिलाठी कोईलाडी गाउपाँलिका , छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका लगाएतको (जलाशय ,) पोखरी , नन्दीहरूको छठ घाटमा पुगेर शुभकामना ब्यक्त गर्नु भएको छन्।
छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास समेत रहेको छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।
© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology
© 2022-2023 All Copyrights reserved to Journal Bureau | Developed By Natraj Technology