सप्तरीको पुर्वाधार बिकासमा अतुलनीय सुधार हुँदै गएको छ। बिकास निर्माणमा योगदान पुर्याउनेप्रति गम्भीर भएर सोच्नुपर्ने दायित्व काँधमा आएको छ।
ती सबै प्रयासहरुलाई उल्लेख गर्न सम्भव नभए तापनि केही कार्यहरू उदाहरणीय देखिन्छ ।सप्तरी खासमा सडक पुर्वाधार,शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै पछाडि पारिएको जिल्लाको रुपमा मानिन्छ ।
रुपनीदेखी राजविराजसम्मको सडकको स्तरोन्नति,भारदह-पकरी सडकको शिलान्यास,बेल्ही भन्सारदेखी राजविराजसम्मको सडकलाई दुईलेनमा विस्तार जस्ता दर्जनौं काम अगाडी बढाएको छ।नगरपालिकाका मुख्य सडक र सहायक सडकहरू कालोपत्रे सम्पन्न हुँदैछ ।ती कार्यहरू मध्ये धेरै काम सम्पन्न हुने चरणमा छ भने कतिपय कार्य सञ्चालन हुने तरखरमा छ।
राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालको पुर्वाधारमा सुधार,आधुनिक स्तरको भवन,आधुनिक स्वास्थ्य उपक्रमको उपलब्धता,नरसिङ्ग कलेजको स्थापना अतुलनीय सुधारको उपज हो।
नगरपालिकाको १० नम्बर वडास्थित रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिस्ठानको स्थापना,महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस भित्र इन्जिनियरिङ कलेजको स्थापना तथा मधेस सरकारले स्थापना गरेको मधेस कृषि विश्वविद्यालय स्थापना जस्ता महत्त्वपूर्ण कार्य अगाडी बढाएको छ।यसरी छोटो समयमा यतिका सुधार भएका कार्यहरू अतुलनीय छ।
यसरी छोटो समयमा सप्तरीको बिकासमा उल्लेखनीय सुधार नियत राख्नेसँग उभिने समय आएको छ।सप्तरीको बिकासप्रति चिन्तन रहने पात्रहरुको निर्मम मुल्यांकन हुन जरुरी छ।बिकासमा क्रमिक सुधार ल्याउनेको मुल्यांकन गर्ने अवसर आएको छ।