प्रवेशपब्लिक प्रेस संवाददाता
राजविराज ।
चुनावको मुखमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरि दर्जनौं युवाहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न।
आज महादेवा गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा उक्त पार्टीका प्रत्याशी शैलेश कुमार यादवको नेतृत्वमा युवाहरु जसपा प्रवेश गरेका हुन।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा जसपा र एमालेबाट संयुक्त उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
नवप्रवेशी युवाहरूले मधेस र मधेसी मुक्तिको लडाइँ जसपा अध्यक्ष उपेन्द्र यादवले इमानदारीताका साथ लडिरहेकोले पार्टी प्रवेश गरेको बताएका छ्न।