राजविराज
मंसिर ४ गते आइतबार हुने निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्य पदको लागी प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका राजकुमार लेखि एक कुशल संगठक हुन् ।
बिद्यालय जीवनमै पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा लाग्नुपर्ने निर्णय लिएका लेखी अन्ततः विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिकमा होमिएका थिए ।
राजनीतिक समाजिक जीवनमा उनले पुर्णकालिण संगठकका रुपमा राजनीतिक र आर्थिक-समाजिक रुपान्तरणका लागी जनतालाई गोलबन्द गर्ने अभियानमा लागे ।
वि.स.२०४० सालमा ओद्राहा स्कुलबाट विद्यार्थी राजनीतिको जीवन शुरु गरेका थिए ।२०४८ सालमा नेकपा एमालेको सङ्गठित सदस्य भई पार्टीको विभिन्न तहको जिम्मेवारीमा बसेर आफ्नो भुमिका निर्वाह गरेका छ्न।
त्यस क्रममा उनले आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छ्न। लेखिले महासंघको अध्यक्ष हुँदा आदिबासी जनजातिको हक अधिकार र उत्थानको लागि गरेको संघर्षले लोकप्रिय छ्न।
राज्यले उपेक्षित,उत्पीडन र अधिकारविहिन बनाएका आदिवासी जनजातिको उत्थानका लागि लेखी विभिन्न मोर्चाको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा काम गर्दै आएका छ्न।
असहाय ,दुखी,गरिब ,पीडितहरुलाई न्याय दिलाउन सहयोग गर्दै आएका लेखि हाल नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य तथा सप्तरी सह इन्चार्ज हुन ।
पार्टीले सप्तरी क्षेत्र न १ बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार बनाएपछि चुनावी मैदानमा होमिएका हुन। लेखि आफ्ना प्रमुख एजेन्डा भ्रष्टाचार मुक्त प्रदेश बनाउने, सप्तरी क्षेत्र नम्बर १ को चौतर्फी बिकासको काम गर्ने,समृद्ध समाज बनाउने,सुशासन कायम गर्ने,कृषिमा प्रचुर सम्भावना भएको मधेस प्रदेशलाई कृषि यान्त्रिकिकरणको माध्यमले उत्पादन बढाउने, पर्यटकिय स्थानको पहिचान गरि दिगो विकास गर्ने , शिक्षामा पछाडिएको यस प्रदेशमा शैक्षिक सुधार गर्दै सरकारी बिधालयमा कक्षा १२ सम्म निशुल्क शिक्षाको निति ल्याउने, स्वास्थ्यमा सुधार गर्ने,प्रदेश भरिका बेरोजगार युवाहरुलाइ रोजगार मुलक तालिम दिइ स्वरोजगारी बनाउने, जनताको अधिकतम् सेवाप्रवाहको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छ्न।
सप्तकोसी नगरपालिका वडा न ५ घर भएका एमालेक नेता लेखि अबक्क नेतृत्व युवाले गर्न सके यो क्षेत्रमा समृद्धि छाउने बताउँछन् ।सहिद दिलिप प्रतिष्ठानको संस्थापक अध्यक्ष समेत रहेका लेखीले दर्जनौं संघसंस्थाको सफल नेतृत्व गरिसकेका छ्न।
लेखि सप्तरी क्षेत्र नम्बर १ का लागि अब्बल उम्मेदवार को रुपमा चिरपरिचित छ्न। बिगत ४० बर्ष देखि विभिन्न संघ सस्थाको अग्रणी मोर्चामा रहि देश र जनताको सेबा गरिसकेका छ्न।
लेखि यसपालि प्रदेशसभा सदस्य पदमा निर्बाचित भए मधेस प्रदेशको मुख्यमन्त्री को दाबेदार रहने स्थानीय एमाले कार्यकर्ता हरुको भनाइ छ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १(१)बाट लेखीको बिजय सुनिश्चित बनाउने अभियानमा लागेका शुभेच्छुक,पार्टी कार्यकर्ताहरुले उनको लोकप्रियता बढाउँदै लगिएको छ।लेखीको ४० वर्षको राजनीतिक समाजिक जीवनमा उनले जनताको हकअधिकार स्थापित गर्न संघर्षरत छ्न।सप्तरी १(१)का जनताले उनलाई मत हाल्न आतुर रहेको बताउँछन् ।