सप्तरी २ को मतगणना रोकियो”
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जित्ने निश्चित भइरहेको बेला सप्तरी २ को मतगणना कार्य रोकिएको छ।जसपाको लिखित निवेदनले मतगणना रोकिएको हो।
चुनावमा धान्धली भएको आशंका उत्पन्न भएपछि मतगणना कार्य रोक्न अनुरोध गरेको जसपाका प्रतिनिधि सत्यनारायण यादवले बताएका छ्न।
बाकस राख्नुभन्दा पहिले राख्ने कोठाको निरीक्षण गर्न नदिएको आरोप यादवले लगाए।आशंका उत्पन्न भएपछि सिसिटिभि फुटेज समेत माग गरेको छ ।बाकसको शिलब्न्दी नम्बर म्याच नभइरहेको जसपाको आरोप छ।पटकपटक सिलबन्दी म्याच गराउनुपर्ने माग गरे तापनि निर्वाचन आयोग नमानेको यादवले आरोप लगाए ।
बिदेशी शक्तिको चलखेल भईरहेको जसपाका युवा नेता सुभाष यादवले आरोप लगाएका छ्न।’राजविराजको होटल र लजहरुमा भारतीय नागरिकहरु भरि भराउ छ।शुरुदेखि भारतीय दूतावास सक्रिय रहेको देखिन्छ ।भारतीय दूतावासले पत्रकारहरु समेत परिचालन गरेको देखिन्छ ।’उनले भने ।