मधेसमा सिके राउतको उदय
पब्लिक प्रेस संवाददाता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतले निकै चासोका साथ देखिएको सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउत बिजय भएको छ।जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरि उनी बिजय भएका हुन।
उत्पीडित, शोषित र पछाडी पारिएका जातजाति,समुदायको मुक्तिका लागी मधेसलाई आधार भुमि बनाएर राजनीतिक गरिरहेका यादवलाई १८ हजार ६३ बढि मत ल्याएर राउतले पराजित गरेका छ्न।
डा राउतको जितसँगै मधेसमा वैकल्पिक शक्तिको रुपमा जनमत पार्टीको उदय भएको छ।पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका जनमत पार्टीको मधेस प्रदेशमा सशक्त उपस्थिति हुने देखिएको छ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ डा राउत सँगै प्रदेशसभाको दुई वटै क्षेत्रमा जनमत पार्टी बिजय भएका छ्न।प्रदेशसभा २(१)मा मधेस प्रदेश सरकारको अर्थमन्त्री समेत रहेका जसपाको शैलेन्द्र साहलाई पराजित गरि सतिश कुमार सिंह बिजय भएको छ।त्यसैगरी प्रदेशसभा २(२)मा जनमतका महेश कुमार यादवले बाजी मारेका हुन।
मधेसमा जसपा र लोसपाको विकल्प खोजिरहेका जनताले जनमत पार्टीलाई जनादेश दिएको छ।मधेसका उत्पीडित र शोषित समुदायको विकल्पको रुपमा डा सिके राउतको उदय भएको हो।