माग बमोजिमको मल उपलब्ध गराउन ज्ञापनपत्रपब्लिकप्रेस संवाददाता
जिल्ला प्रशासन कार्यालय राजविराज मार्फत किसानहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएका छ्न।
सरकारले तोकेको मसिनो र मोटा धानको समर्थन मुल्यमा स्थानीय तहबाटै खरिद गर्न व्यवस्था मिलाउनुपर्ने लगायत हिउँदे बालीका लागि रासायनिक मलको आपूर्ति बढाउनुपर्ने माग राख्दै बिहिवार ज्ञापनपत्र बुझाएका हुन।
नेकपा(एमाले)को भात् संगठन अखिल नेपाल किसान महासंघ सप्तरीको अगुवाईमा किसानहरुले सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई पत्र बुझाएका थिए ।
गहुँ किसानका लागी अनुदान वितरण अविलम्ब गर्न पत्रमा उल्लेख गरिएको छ।माग बमोजिमको रासायनिक मलको आपूर्तिमा ढिलासुस्ती भइरहेको पत्रमा भनिएको छ।
उक्त मागहरूको बेवास्ता गरे किसान महासंघले आन्दोलन लगायत दबाबमूलक कार्यक्रमहरु अगाडि सार्ने बताइएको छ।
ज्ञापनपत्रमा भनिएको छ:प्रस्तुत विषयमा नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त भए पछि पनि कृषि प्रधान देश नेपालमा उब्जनी योग्य जमिन बाँझो रहेकोले किसानको लागि चाहिने उन्नत बिउ बिजन, मल खादको अभावमा किसानहरुको पिडा बुझ्न सरकार संवेदनशील नरहेकोले सप्तरीको किसानहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।
यसरी किसानहरु प्रत्येक वर्ष प्रताडित हुदै आएकोले सप्तरीको भूमि उपयोग हुन नसकेकोले उपयोग गर्न आधारभुत कृषि सामग्री व्यावस्थापनको लागि हियुदे बाली लगाउने कार्य पूर्णरुपले उप रहेको हुदा निम्न मांगहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौ हाम्रो मांग उपर उचित ध्यानाकर्षण नभई यसबाट हुन जाने असामान्य परिस्थितिको जिम्मेवार वर्तमान सरकार नै हुने व्यहोरा समेत अनुरोध छ।