खडक नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धमा अन्तरक्रिया
राजविराज ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार खडक नगरपालिकाले र्याली तथा अन्तरक्रिया गरी मनाएका छ्न।आसमान नेपालको सहजीकरण र खडक नगरपालिकाको आयोजनामा उक्त अन्तरक्रिया गरेका हुन।
सभ्य समाजको पहिचानका लागी लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्जाल भइरहेकाबेला उक्त नगरपालिकाले पनि अन्तरक्रिया गरेका छ्न।३१औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मानवअधिकार दिवसको अवसरमा र्यालीसहित अन्तरक्रिया सम्पन्न गरिएको छ।
अन्तरक्रियामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि खडक नगरपालिकाका नगरउपप्र्मुख रिता चौधरीले हिंसारहित,स्वतन्त्रतासहित र न्यायसंगत समाज निर्माणका हिंसा न्यूनीकरण गर्न हामी सबै प्रतिबद्ध हुनुपर्ने बताएकी छिन ।
सिता चौधरीको अध्यक्षता र नगरउपप्रमुख रिता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो ।यसैगरी वडा सदस्य गौरी चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो ।यसैगरी सबल नेपालका कार्यक्रम सुपरभाइजर अशोक कुमार साह,आसमान नेपालका सन्ता सिंह,प्रदेश स्तरीय बाल क्लब सञ्जालका निरज साह लगायतको उपस्थिति रहेको थियो ।