अलपत्र कन्या छात्रावास संचालनमा ल्याउन अनेरास्ववियु सक्रिय
पब्लिक प्रेस संवाददाता
राजविराज ।अनेरास्ववियु सप्तरीले श्री महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा वर्षौंदेखि अलपत्र रहेको कन्या छात्रावास संचालन सम्बन्धमा निवेदन दर्ता गराएका छ्न।
उक्त क्याम्पस अर्न्तगत नेपाल भारत सहयोगमा निर्माणाधीन कन्या छात्रावास लामो समय देखी हाल सम्म संचालनमा नआएकोले संचालनमा ल्याउन सोमबार अनेरास्ववियु नेताकार्यकर्ताहरुले निवेदन दर्ता गराएका हुन।
राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह अध्यक्ष रहेको कन्या छात्रावास निर्माण समितिले वर्षौंदेखि उक्त छात्रावास अलपत्र छाडेका छ्न।अनेरास्ववियु सप्तरीका अध्यक्ष रन्जीव साहले हस्ताक्षर गरेको निवेदनमा छात्रावास संचालनमा नल्याए कडा भन्दा कडा आन्दोलन समेत गर्ने बताइएको छ।
निवेदन दर्ता गराउन अनेरास्ववियु सप्तरी अध्यक्ष रन्जीव साह,इन्चार्ज ललित नारायण रजक,मनिषा कुमारी साह,रन्जन झा लगायतको उपस्थिति रहेको थियो ।