पब्लिक प्रेस सम्वादाता
राजविराजस्थित नबोदय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।उक्त संस्थाका संचालक समिति अध्यक्ष श्याम नारायण यादवको अध्यक्षमा शनिबार सभा सम्पन्न भएको हो।
उक्त सभामा आर्थिक वर्ष २०७८ र ०७९ को वित्तीय विवरण र २०७९ र ०८० को योजना तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।संचालक समितिका अध्यक्ष यादवले आर्थिक वर्ष २०७७ र ०७८ मा संस्थाको शेयरपुँजी १ करोड ३ लाख ३१ हजार ४ सय रहेको अवस्थामा २६ लाख २४ हजार ३ सय रुपैयाँ पुर्याइएको विवरण प्रस्तुत गरेका थिए ।त्यसैगरि उनले चालु आर्थिक वर्षमा संस्थाको शेयरपुँजी डेढ करोड पुर्याइने लक्ष्य रहेको बताए ।
उक्त साधारणसभा खुशी लाल यादवको प्रमुख आतिथ्यतामा भएको थियो ।भने स्वागत मन्तव्य अबधेश झाले व्यक्त गरेका थिए ।