बोदे बर्साईन नगर पतंजलि योग समितीले मनाइयो ८ औं राष्ट्रिय योग दिवस
१ माघ २०७९,
उमेश कुमार साह
बोदे बर्साईन स्थित नगर पतंजलि योग समितिले विभिन्न कार्यक्रम गरेर ८ औं राष्ट्रिय योग दिवस २०७९ मनाएको छ ।
नेपाल सरकारले हरेक वर्ष माघ १ गतेका दिन राष्ट्रिय योग दिवश मनाउन थालेको यो आठौं वर्ष भयो । “ स्वास्थ जीवनको चाहना ,योग, शिक्षा र साधना तथा योग गरौं निरोग रहौ “नाराका साथ मनाईएको योग दिवस ।कार्यक्रमको अवसरमा विधिन्न संघ सस्थाका प्रतिनिधी, जनप्रतिनिधि विध्यार्थि, शिक्षक, कर्मचारी ,सामाजिक अभियान्ता , नगर पतन्जली योग समितिका सम्पुर्ण सदस्यहरु , बजारवासी , गाउँबासी , वडा अध्यक्ष राज कुमार यादव , शिव नारायण यादव र रबिन्द्र कुमार साह लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
विकास भन्ना साथ आजको भोलि देखिने सडक,पुल लगायतका भैतिक पुर्वाधार मात्र बुझ्छौ र त्यो विकास भएको छिटै देखिन्छ पनि तर त्यो मात्र विकास होईन अबको विकास भनेको शिक्षा स्वस्थ्य जस्ता मानविय संशाधनको विकास गर्न आवश्यक छ । जब सम्म मानवीय शंसाधनको क्षेत्रको विकास हुदैन तब सम्म विकास संभव हुदैन । यसका लागी योग आवश्यक छ अहिले नेपाल सरकारले समेत कक्षा ६ देखी १२ सम्मको पाठ्यक्रममा योगलाई समावेस गरेको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्वन सिंह यादवले बताउनु भयो ।
ऋषी मुनीको पाला देखी नै गर्दै आईरहेको योग पछिल्लो समय नेपाल सरकारले राष्ट्रिय योग दिवश मनाउन थालेदेखी मात्र प्रचारमा आउन थालेको हो । स्वस्थ्य रहनकालागी योग अति नै आवश्यक छ । यसलाई सबै नगरवासी, क्षेत्रबासी माझ पुर्याउन स्थानिय सरकाले भुमिका खेल्नुपर्ने प्रशिक्षक बैधनाथ साहले बताउनु भयो ।
योग आध्यात्मिक विधा मात्र नभएर सम्पुर्ण नेपालीलाई स्वस्थ्य रहनकालागी अनिवार्य भै सकेको छ । त्यसैले नगरपालिकाका सबै विध्यालका विध्यार्थि माझ पुरयाउन आवश्यक रहेको वडा अध्यक्ष राज कुमार यादवले बताउनु भयो ।
अबका दिनमा स्वस्थ्य रहनकालागी योग आवश्यक छ । त्यसैले नेपाल सरकारले योगलाई पाठ्यक्रममा समावेस गरेको छ । स्थानिय पाठ्यक्रका रुपमा समेत यसलाई तयार गरेर नगरपालिका भित्र रहेका सम्पुर्ण विध्यालयमा लागु गर्न आवश्यक रहेको श्री चन्द्रा नमुना माध्यमिक विध्यालयका शिक्षक जितेन्द्र प्रसाद गुप्ताले बताउनु भयो ।
कोभिड जस्तो महामारी बाट बच्न हरेक व्याक्ति स्वस्थ्य हुन आवश्यक छ । स्वस्थ्य रहने महत्वपुर्ण पाटो भनेको योग हो । त्यसैले हरेक व्याक्तिले योग गर्न आश्यक रहेको नगर ब्यापार संघ बोदे बर्साईनका अध्यक्ष देव नारायण साहले बताउनु भयो ।
कार्यक्रममा विभिन्न समयमा पतंजलि योग समितीका प्रशिक्षण लिईरहनु भएको योग प्रशिक्षक शैलेन्द्र प्रसाद साहले योगका विभिन्न आशन तथा व्यायमका विधाहरु प्रदर्शन गर्नु भएको थियो । बोदे बर्साईन नगर पतंजलि योग समितीका अध्यक्ष संजीव कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर पतंजलि योगका प्रशिक्षक बैधनाथ साहले कार्यक्रमको स्वागत मन्तव्य तथा उद्येश्य माथि प्रकास पार्नु भएको थियो भने नगर समितिका सदस्य लक्ष्मि देवी साहले गायत्री लगायतका विभिन्न मन्त्रका विषयमा जानकारी गराउनु भएका थियो । कार्यक्रमको संचालक मा बि बोदे बर्साईनका शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गर्नु भएको थियो ।