पब्लिक प्रेस संवाददाता
राजविराज ।सेवानिवृत्त १ नम्बर प्रदेशका प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक जयवेन्द्र यादवले सोमबार ५० जना अति विपन्न,असहायलाई ब्ल्याङ्किट(कम्बल)दान गरेको छ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ३ बथनाहा पैत्रिक गाउँ भएका यादवले स्वर्गीय आमाबुबाको सम्झनामा सोही गाउँपालिका वडा नम्बर ४ मनियार प्रसाहीस्थित मुसहर बस्तीका ५० जना विपन्नलाई कम्बल वितरण गरेका हुन।
तराई मधेसमा गरिब,दलित र विपन्न परिवार शितलहरले प्रभावित भएको अवस्थामा यादवले गरेको उक्त सहयोग सराहनीय भएको स्थानीय दिनेश यादवले बताएका छ्न।समाजसेवाको भावले विपन्नमा वितरण गरिएको उक्त कम्बल दानबाट लाभान्वितले हदैसम्मको राहत पाएको उनले बताए ।
स्वर्गीय बुबा यदुलाल यादव र आमा महेश्वरी देवी यादवको आत्माको शान्तिका लागि गरिबमा बस्त्रदानको रुपमा उक्त सहयोग गरिएको सेवानिवृत निर्देशक यादवले बताएका छ्न।सेवानिवृत निर्देशक यादव भन्छ:”परिवारका सबै सदस्य सरकारी जागिरमा रहेका कारण समाजप्रति केही न केही दायित्व रहन्छ ।सेवानिवृत भएपछि पैत्रिक गाउँका विपन्नलाई सहयोग गर्ने अवसरले हर्षित छ। शितलहरले तराई मधेसमा कहर मच्चाएको बेला समाजिक सञ्जालमा आफ्नै गाउँका गरिब,विपन्नले न्यानो कपडाको अभावमा कष्टकर जनजीवन बिताइरहेको भिडियो सार्वजनिक भएको थियो ।उक्त भिडियोमा देखिएको पिडाले तिनीहरुलाई आयआर्जनबाट केही दान गरिने प्रेरणाले कम्बल वितरण गरेको छु।”
स्वर्गीय दम्पतीका चारवटा सन्तान रहेको छ। कल्याण देवी यादव,उपेन्द्र यादव,मन्जु यादव र कान्छो छोराको रुपमा जयवेन्द्र यादव रहेको छ।काठमाडौंस्थित बसोबास गरिरहेका यादवले अगामी दिनमा समेत उक्त समुदायका लागि सहयोग गरिने प्रतिबद्धता जनाएको छ।
स्थानीय दिनेश यादव,चेत नारायण यादव,हरि नारायण यादव र सेवानिवृत निर्देशक यादवका दाजु उपेन्द्र यादव तथा भाउजु सिता देवी,भतिज राजकिशोर यादव र पत्रकार पिन्टु यादवको उपस्थितिमा कम्बल वितरण गरिएको थियो ।