रासिन्द्र यादव, सप्तरी,
सप्तरी क्षेत्र नं. ४ (ख) प्रदेश सभाको सांसद अनिरुद्ध कुमार सिंह यादवले सिद्धान्त विचार मिल्ने पार्टीमा प्रवेश गर्ने संकेत गरेको हो । स्वतन्त्रबाट चुनाव जितेका सिंहले विभिन्न पार्टीबाट पार्टी प्रवेश गर्नका लागी अफर आईरहेकोले मधेशीको हक अधिकारको लागी लड्ने पार्टीमा प्रवेश गर्ने बताए ।
उनले भने, ‘अहिले पार्टीप्रति जनताको अविश्वास बढ्दै गएको छ, यस्तो अवस्थामा विचार गरेर कुनै पार्टीमा प्रवेश गर्न सक्छु ।’ जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी लगायतकाबाट पार्टी प्रवेश गर्न प्रस्ताव आईरहेकोले सुझबुझ गरी प्रवेश गर्ने समेत उनले स्पष्ट गरे । उनले अगाडी थपे, ‘ केहि पार्टीहरुले मेरो पार्टीमा आउनु मन्त्री दिन्छु पनि भन्दैछन् तर मन्त्रीको लागी कुनै पार्टीमा प्रवेश गरिहल्छु भन्ने छैन्, सिद्धान्त विचार पनि मिल्नु पर्यो नि ।’
फरक प्रसंगमा सांसद सिंहले आफ्नो प्राथमिकतामा कृषि रहेको बताए । कृषिलाई आधुनिकिरण गर्दै कृषका लागी विधुतिरण गर्ने योजना रहेको बताए । कृषका लागी समयमा मलखाध उपलब्ध गराउनको लागी प्रयासरत रहेको उनले स्पष्ट पारे । सामुदायिक विद्यालयमा खस्किदै गएको शैक्षिक स्तरलाई उकास्नका लागी आफु लागी परेको समेत सांसद सिंहले बताए । पुर्वाधारको कुरा गर्दा सडक, बाटोघाटोको अवस्थापनि दयनिय रहेकोले त्यतातिर ध्यान रहेको उनले थपे ।
उनले भने,’प्रदेशको मन्त्रीमण्डलले पुर्णता पाएपछी कामकाज सुरु हुन्छ, जनताको मतबाट चुनाव जितेको छु, जनताकै सेवामा हुन्छु।’