शिक्षाको स्तर कमजोर हुनुमा प्राधानाध्यापक दोषीःगापा अध्यक्ष यादव
रुपेश यादव
राजविराज।शिक्षाको स्तर कमजोर हुनुमा विद्यालयका प्राधानाध्यापक दोषी रहेको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादवले आरोप लगाएका छन् । विष्णुपुर ४ नम्वर वडामा रहेको डिहवार राष्ट्रिय प्राथमिक विद्यालय वेल्हामा आज(विहिवार) भएको विद्यालय व्यवस्थापन समितिको पदभार तथा प्रमाण पत्र वितरण कार्यक्रममा यादवले यस्तो बताएका हुन् ।
अध्यक्ष यादवका अनुसार विष्णुपुर गाउँपालिका भित्र रहेका १८ वटा विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनुमा प्राधानाध्यापकहरुको विद्यालयमा अनियमित उपस्थिति, शिक्षा प्रतिको शिक्षककै उदाशितना, विद्यालयमा शिक्षकहरुलाई नातेदारको हिसाबले देखिनुले विद्यालयको पढनपाढनमा कमजोरी भईरहेको बताएका हुन् ।
विद्यालय व्यवस्थापन समितिको पदभार तथा प्रमाण पत्र वितरण कार्यक्रममा सम्बोधनका क्रममा गापा अध्यक्ष यादवले शिक्षाको गुणस्तर कमजोर हुनुमा शिक्षक मात्र दोषी नभई अभिभावक समेत दोषी भएको बताए । उहाँका अनुसार अभिभावकले पनि विद्यालयमा पढनपाढनको अवस्थालाई सुधारगर्न समय समयमा विद्यार्थीलाई शिक्षकले के कसरी पढाईरहेको विषयमा चासो नदेखाउँनुले पनि शैक्षिक स्तरमा ह्रास आईरहेको बताएका हुन् ।
कार्यक्रममा सात सदसिय नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनिष कुमार यादवका अनुसार विद्यालयको भौतिक संरचना देखि शैक्षिक स्तर एकदमै कमजोर भएको बताए । उहाँका अनुसार विद्यालयको समग्र विकासका लागि मलाई सर्वसहमतिले चयन गरेका अभिभावक,विद्यार्थी र विद्यालयको विकासका निम्ति एककदम पछाडि नपरि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा अभिभावक, बुद्धिजिवि, १८ वटै विद्यालयका शिक्षक प्रतिनिधि, विद्यालयका जग्गा दाता लालापट्टी निवासी पूर्व शिक्षक रामदेव यादव, शिक्षा संयोजक, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।