बोदे बरसाईनमा पिता–श्री ब्रह्माबाबाको ५४ औं पुण्य स्मृतिदिवस तथा विश्वशान्ति दिवस मनाए ।
सप्तरी
उमेश कुमार साह
बोदे बर्साईन: सप्ताहव्यायी रूपमा राष्ट्रिय योगदिवस मनाउने क्रममा विश्वव्यापी अन्तर्राष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिता–श्री ब्रह्माबाबाको ५४ औं पुण्य स्मृतिदिवस तथा विश्वशान्ति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभा तथा ध्यान–योग कार्यक्रमका प्रमुख अतिथि बोदे बरसाईन नगरपालिकाकी उप-प्रमुख रेणु कुमारी साहले मानिसको बृत्तिमा विद्यमान सकारात्मक र नकारात्मक पक्षहरूमा असमान अवस्था र आर्थिक असमानता लगायतको अवस्थाले उत्पिडन पैदा गरी त्यसबाट हाबी हुन जाने बिद्रोह जस्ता नकारात्मक चेतनाले ल्याउने विध्वंशले अहित नै हुने बताउनु हुँदै बिकास र समृद्धि नभर्ई शान्ति आउन नसक्ने भएकोले भौतिक विकासका लागि मानवमा मानसिक विकास पनि हुन पर्ने सन्दर्भमा गलत संंस्कारलाई परिवर्तन गरी समाप्त गर्नु पर्ने विचार व्यक्त गर्नु भयो । धार्मिक प्रवृत्ति अभिबृद्धि भएमा संयमशील चरित्र बढ्नु का साथै अन्याय गर्ने प्रवृत्ति नरहने, तथापी व्यक्तिको भित्र र बाहिर देखिने रूप र सार एउटै हुनु पर्ने कुरा बताउनु भएर राजनीतिक पार्टी र सरकारलाई समेत प्रभावित गर्ने गलत प्रवृत्ति र भ्रष्टाचारलाई समाप्त गर्नु पर्ने चुनौती झेल्दै स्थानीय सरकार सबैका लागि समृद्ध नेपाल निर्माण गर्ने कार्यमा लागि परेको बताउनु भयो ।
कार्यक्रममा उप-प्रमुख साहले राजनीतिको अर्थ राज्य संचालनको उच्चत मुल्य र सो अनुरूपको व्यवहारको नीतिमा आधारित भई जनतालाई आवश्यक कुरा दिने सत्ता भएपनि आज राजनीति स्वार्थ पूर्ति गरी लिने व्यवसायमा परिणत भएको चौतर्फी गुनासो रहेको बताउनु हुँदै धर्मले निःस्वार्थ सेवा दिने, राम्रा कुराकालागि वलिदान लगायत दिने प्रवृत्ति हुने कुरा प्रकाश पार्नु भयो ।
सभापतिको आसनबाट बोदे बरसाईन ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्रका निर्देशक ब्रह्माकुमारी राजयोगिनी पुनम दिदी आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासले जीवनमा सच्चा शान्ति तथा खुशी दिने र गलत संस्कारगत कमजोरीहरूबाट छुट्कारा दिई जीवन परिवर्तनमा अहं भूमिका निर्वाह गर्ने कुरा बताउनु भएर बास्तविक एवं यथार्थ धर्मले गलत संस्कार, कुरीति र हिंसक वृत्तिको अंत गर्ने हुँदा देवीका अनेकौं हातमा हतियार देखाएर हिंसक कर्म गरेको व्याख्या गलत भएको, बरू त्यसको अर्थ आफूमा अन्तरर्निहित शक्तिबाट विकृतिहरूमाथि विजय प्राप्त गरेको प्रेरक रहस्य रहेको बताउनु भयो ।
कार्यक्रममा उपस्थित विभिन्न संस्थाबाट पाल्नु भएको अतिथिले पिता श्री ब्रह्माबाबाको महान त्यागी, तपस्वी र कल्याणकारी व्यतित्वको बारेमा प्रकाश पार्नुहुँद ै राजयोगको विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बिशेष रूपले सजाइएको शान्ति स्तम्भमा संयुक्त रूपमा योग अभ्यास गरी विश्वशान्तिको कामना गरी शान्तिका शक्तिशाली प्रकम्पनहरू फैलाउन मौन धारण समेत गरिएको थियो भने दिन भर मौन ध्यान योगको कार्यक्रम पनि रहेको छ।