‘आरम्भ’परियोजना अन्तर्गत राजविराजमा पाँच दिने कार्यशालाको उद्घाटन
पब्लिक प्रेस संवाददाता
राजविराज ।पालिका स्तरीय समावेशी शिक्षा संजालको क्षमता अभिवृद्धिका लागि गुनासो सुनुवाई, विद्यालय आचारसंहिता,जलवायु परिवर्तन र महिला नेतृत्वमा पाँच दिने कार्यशालाको सोमबार उद्घाटन भएको छ।
राजविराजस्थित आशिया पार्टी प्यालेसको हलमा आसमान नेपालको प्राविधिक सहयोगमा शिक्षा तथा मानव स्रोत बिकास केन्द्र,सानोठिमीले समन्वय गरिएको उक्त कार्यशाला शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीको आयोजनामा उद्घाटन भएको हो।
”आसमान नेपालको प्राविधिक सहयोगमा विभिन्न संघसंस्थाहरुको समन्वयमा सप्तरीका १२ वटा पालिकामा ‘आरम्भ’परियोजना चलिरहेको छ।”स्वागत मन्तव्य राख्दै सावन कुमार यादवले बताए ।
बिद्यालय आचारसंहिता,गुनासो सुनुवाइ,विपद जोखिम न्यूनीकरण,जलवायु परिवर्तनका असरहरु न्यूनीकरण,सुशासन तथा गुणस्तरीय शिक्षा र महिला नेतृत्व बिकासका लागी पाँच दिने कार्यक्रमको धेरै महत्त्व र सान्दर्भिकता रहेको प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका शाखा अधिकृत प्रकाश खरेलले बताएका छ्न। ”शिक्षा मानव र समाजिक पुँजीको रुपमा रहेको छ।’आरम्भ’ परियोजना गुणस्तरीय शिक्षाका प्रमुख दायित्व बोकेको छ”अधिकृत खरेलले भने।
त्यस्तै ,बिद्यालय हाताभित्र बालबालिकाहरु माथी हुने सबैखाले हिंसा र समस्या समाधान गर्ने प्रमुख उदेश्यले बिद्यालयमा गुनासो सुन्ने संयन्त्र गठन गर्नुपर्नेमा शिक्षा बिकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख राजदेव यादवले जोड दिएका छ्न।”स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरु स्थानीय सरकारका शक्तिशाली पद मध्ये एक हुन।यिनिहरुले गुणस्तरीय शिक्षाका लागी हदैसम्मको सुधार गर्न सक्ने हैसियत राख्छन् ।पाँच दिने उपलब्धिमूलक कार्यक्रमबाट स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुले धेरै कुरामा सुधार गर्न सक्ने विश्वास गरेको छु।”प्रमुख यादवले भने।
माघ ९ गतेदेखी १३ गतेसम्म चल्ने उक्त कार्यक्रममा १२ वटै पालिकाका उपप्रमुख/उपाध्यक्षहरु लगायत शिक्षा शाखाका अधिकृतहरुको सहभागिता रहेको छ।