पब्लिक प्रेस संवाददाता
राजविराज ।
समाजसेवी करुणा झाले उदयपुर जिल्ला अस्पतालका ५० जना बिरामीलाई फलफूल वितरण गरेकी छ्न।बिहीबार उक्त अस्पताल पुगेर झाले फलफूल वितरण गरेकी हुन।
मित्रराष्ट्र भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा उदयपुर शाखाकी अध्यक्ष झा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ज्ञानेन्द्र झाले संयुक्त रुपमा फलफुल वितरण गरिएको बताइन्।
सोही कार्यक्रममा सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचान्द्र यादवको उपस्थिति समेत रहेको बताइन् ।फलफूल वितरण मेसु झाको प्रमुख आतिथ्यता र उदयपुर शाखा अध्यक्ष करुणा झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।